Logo

ह्विस्कीको बोतल १६ करोडमा बिक्रि गरिने दाबी



एजेन्सी, ८ कात्तिक । अल्कोहल जति पुरानो हुन्छ त्यति नै राम्रो हुन्छ ।  पुरानै हुँदै जादाँ मुल्य बढ्दै जान्छ ।
एक रिपोर्टको अनुसार अष्ट्रेलियाको पर्थस्थित आक्शिनियर कम्पनीले ६० वर्ष पुरानो ह्विस्कीको बोतल १.२ मिलियन पाउंड अर्थात १६ करोड रुपैयाँमा बिक्रि हुने दाबी गरेको छ ।

जुन बोतल ६० वर्ष भन्दा पुरानो कैकलेन १९२६ फाइन एण्ड रेयर ह्विस्की भएको दाबी गरिएको छ । यो कम्पनीको पहिलो पटक २ हजार बोतल गत वर्ष डिसेम्बरमा बिक्रि भएको थियो ।

पर्थस्थित ह्विस्कीको बोतल बिक्रेताले यसपटक खरिद गर्नेले निकै रुचि देखाएको बताएका छन् । कम्पनीले निलामी प्रक्रियाको क्रममा बोतललाई ६७ करोडदेखि ७७ करोड रुपैयाँसम्म प्रस्ताव आउने विश्वास गरेको छ । यो लिलामीमा २ हजार दुर्लभ बोतलहरु करिब ५० करोड रुपैयाँमा बिक्रि भएका थिए । यदी १६ करोडमा अहिले बोतल बिक्रि भएमा जुन आफैमा एक अद्भुत रेकर्ड हुनेछ ।



प्रतिक्रिया दिनुहोस्