Logo

संसारकै अनौठो माछा जसको तीनवटा ह्दय छन्



एजेन्सी, ८ कात्तिक । संसारमा भएका धेरै जीबको रगत रातो हुन्छ । तर कटलफिसको भने फरक हुन्छ । कटलफिस अर्थात समुन्द्रफेनीको रगत हरियो र निलो हुन्छ । गहिरो समुन्द्रमा रहने यो माछाले आफ्नो शरिरको रंग पनि बदल्न सक्ने भएकोले यसलाई समुन्द्रमा देख्न नै निकै मुस्किल पर्छ ।

यसको शरीरमा हरियो र निलो रंगको रगतको कारण माछामा एक विशेष प्रकारको प्रोटीन हुन्छ । यस्तो प्रोटिनमा कपर वा तामा हुन्छ, जसको कारण यसको रगत हरियो र नीलो हुन्छ ।

यो माछाको ३ वटा ह्दय अर्थात मुटु हुन्छ । जब माछालाई कसैले आक्रमण गरेमा एक प्रकारको धुँवा छाड्छ, सोही धुँवाबाट दुश्मनले आँखा नै हेर्न सक्दैन ।

कटलफिश समुन्द्रभित्र बस्ने प्राणीमध्ये सबैभन्दा बुद्धिमान जीव हो । योसँग अक्टोपसको जस्तै ८ भुजा हुन्छन् । यसको शंख भित्र भएपनि सजिलै समुन्द्रमा आउन र जान सक्छ ।

कटलफिसको १२० पजातिहरु समुन्द्रमा पाइन्छन्, जसको अन्तराष्ट्र्रिय बजारमा धेरै माग छ । यो माछाको लागि मानिसहरुले लाखौ रुपैयाँ दिन पनि तयार हुन्छन् ।



प्रतिक्रिया दिनुहोस्