Logo

देशलाई समृद्धिको दिशामा लैजान आ–आफ्नो ठाउँबाट योगदान दिन संचारमन्त्री कार्कीको आग्रह



काठमाडौं, ८ कात्तिक । सञ्चार तथा सुुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशलाई समृद्धिको दिशामा लैजान आ–आफ्नो ठाउँबाट योगदान दिन आग्रह गरेका छन् ।

विज्ञापन दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारका प्रवक्तासमेत रहेको मन्त्री कार्कीले सबैले आ–आफ्नो ठाउँबाट अघि बढ्न सके १० वर्ष भित्रमा दक्षिण एसियामा नेपाल एक सम्पन्न मुुलुक बन्ने बताए ।

हरेकले आफैले आफैलाई अनुशासित बनाएर जनतालाई लोकतन्त्रको अनुभुति गराउनुपर्ने आवश्यकता रहेको उनको भनाई थियो । उनले देश समृद्धिको लागि समाजका अरु क्षेत्रलाई पनि उदारणीय बन्ने गरेर समृद्धिको अभियानमा जुट्न समेत आग्रह गरे ।

आफैले आफ्नो आचरणलाई अनुशासित गर्न सक्यौ भने मात्र लोकतन्त्र जनताका लागि हुन सक्ने मन्त्री कार्कीको दाबी छ । उनले समृद्धिको दिशातर्फ पनि सबैले गम्भिरताका साथ सोच्नुपर्ने आवश्यकता औंल्याए ।

 

तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्स डटकम



प्रतिक्रिया दिनुहोस्