Logo

कांग्रेस नेता पहिरापीडितको घरमा



बैतडी, ८ कात्तिक: नेपाली कांग्रेसका नेता कार्यकर्ता पहिरापीडितको घरमा पुगेका छन् । पीडितको अवस्था बुझ्न, राहत वितरण गर्न र सरकारसँग थप राहतको माग गर्न यहाँका कांग्रेस नेता कार्यकर्ता पहिरापीडितको घर–घरमा पुगेका हुन् ।

जिल्ला सभापति नरेन्द्रसिंह थापा, नेता चतुरबहादुर चन्द, रमेश पाण्डेय, प्रेम चन्द, देवराज जोशी, दशरथसिंह चाड, पूर्व पार्टी सचिव पूर्णानन्द लेखक, महाधिवेशन प्रतिनिधि दिनेशबहादुर चन्द, नेता शिवराज भट्ट, सुरेन्द्र ऐर, हीरा चन्द, कृष्णबहादुर चन्द, रवीन्द्रबहादुर चन्दलगायतको टोली पीडितको घरमा पुगेको हो ।

टोली आज शिवनाथ गाउँपालिका–३,४,५ र ६ का पहिरापीडितको घरमा पुग्नुभएको छ । पहिरामा परेर शिवनाथका भानु पार्की, देवानी पार्की र पवित्रा पार्कीको मृत्यु भएको थियो । साथै सुर्नया गाउँपालिका– ५ की परुदेवी महराको पनि पहिरामा परेर मृत्यु भएको थियो ।-रासस



प्रतिक्रिया दिनुहोस्