Logo

आज महालक्ष्मी बैंकसहित यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, ८ कात्तिक । आज नेप्से ८७ अंकले बढ्दा ४ अर्ब ३० करोड बढीको शेयर कारोबार भएको छ । सोमबार सबैभन्दा महालक्ष्मी विकास बैंकको कारोबार भएको छ ।

बैंकको आज १६ करोड २५ लाख बढीको आज शेयर कारोबार भएको हो । त्यस्तै, आज अपि पावर कम्पनीको १३ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

यसैगरी, सिद्धार्थ बैंकको १३ करोड १३ लाख रुपैयाँ बढी, नेशनल हाइड्रोपावर कम्पनीको १२ करोड २६ लाख बढी र नविल बैंकको ११ करोड ६५ लाख बढीको शेयर कारोबार भएको हो ।



प्रतिक्रिया दिनुहोस्