Logo

आज १३ संक्रमितको मृत्यु



काठमाडौं, ८ कात्तिक । कोरोना संक्रमणबाट आज थप १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३ सय ६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज भाइरसका ७ सय ७६ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ८ लाख ९ हजार ७ सय २९ पुगेको छ । यसैगरी, आज ५ सय १ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म ७ लाख ८८ हजार ८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ६ सय ७३ र एन्टिजेन विधिबाट १ सय ३ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्