Logo

हारमा पनि मुस्कुराएको भन्दै विराटको आलोचना, ट्रेन्डिङमा ह्यास्ट्याग ‘विराट कोहली कप्तानी छोडों’



काठमाडौँ, ८ कात्तिक । आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तरगत हिजो (आइतबार) भएको भारत र पाकिस्तानबीचको खेलमा भारत पराजित भयो । दुवई अन्तराष्ट्रिय स्टेडियम राति ८ बजे भएको खेलमा भारतले पाकिस्तानसँग १० विकेटको लज्जास्पद हार ब्यहोर्नु पर्ला भन्ने भारतीय समर्थकले मात्र होइन कसैले पनि सोचेका थिएनन् । तर, त्यहिँ भयो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको भारतले पाकिस्तानलाई १५२ रनको चुनौति दिएको थियो । जसमा कप्तान विराट कोहलीले सर्वाधिक ५७ रन बनाए भने रिसब पन्तले ३९ रन जोडे । यस्तै हार्दिक पाण्डाय र सुर्यकुमार यादवले समान ११ रन जोड्दा अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानका ओपनर ब्याट्सम्यान मोहम्मद रिजवान र बाबर आजमले १५२ रनको शानदार साझेदारी गर्दै रेकर्ड कायम गरे । टी–ट्वान्टी विश्वकपमा यो अहिलेसम्मकै ठुलो साझेदारी भएको छ ।

खेलमा एक टोलीको जित र अर्कोको हार स्वभाविक हो । तर, भारत र पाकिस्तान बीच टक्राब र भारतको अपराजित यात्राले गर्दा यो हारलाई भारतिय समर्थकहरुले अस्वभाविक ठानेका छन् ।यस हारसँगै भारतीय समर्थकले ट्वीटरमा ‘विराट कोहोली कप्तानी छोडों’ ह्यास्ट्याग चलाएर कप्तानको राजिनामा मागेका छन् । उनीहरुले पुर्वकप्तान महेन्द्र सिहं धोनीको कप्तानीलाई सम्झिदैँ सामाजिक सञ्जालमा उनको तस्विर राख्दै लेखेका छन् ‘उई मिस यू’ ।

यस्तै कतिपयले कप्तान कोहोलीले पाकिस्तानी खेलाडी मोहम्मद रिजवानलाई धाप मार्दै गर्दा हाँसेको तस्विर राख्दै यो समयमा पनि मुस्कुराइ रहेको एक मात्र भारतीय भन्दै उनको आलोचना गरेका छन् ।
साथै, केहि भारतीय समर्थकहरुले यस खेललाई पहिले नै फिक्सिङ गरिएको भनेका छन् ।

यसैगरि पहिलो बलमै एलबिडब्लु हुँदै पबिलियन फर्किएका रोहित शर्माको पनि सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । यस्तै, हारपछि आक्रोशित भएका भारतीय समर्थकहरुले पन्जाबमा कश्मीरका विद्यार्थीमाथि आक्रमण समेत गरेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्