Logo

अबदेखि द्धन्द्ध पीडितको परिचयपत्र देखाएर सिंहदरबार प्रवेश गर्न दिइने



काठमाडौं, ८ कात्तिक । बेपत्ता छानबिन आयोगबाट जारी गरिएको द्धन्द्ध पीडितको परिचयपत्र देखाएर अब सिंहदरबारमा प्रवेश गर्न दिइने भएको छ । हिजो गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँड र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीबीच भएको छलफलपछि द्धन्द्ध परिचयपत्र वाहकलाई सिंहदरबारमा प्रवेश दिने सहमति भएको हो ।

छलफलमा पीडित परिवारलाई राहत उपलब्ध गराउने, आयोगले परिचयपत्र दिएका व्यक्तिहरुले पाउने सेवा सुविधा, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ मा संशोधनलगायत विषयमा पनि छलफल भएको बुझिएको छ ।

गृह मन्त्रालयमा भएको छलफलमा आयोगका अध्यक्ष युवराज सुवेदी, सदस्यहरु–सुनिल रंजन सिंह र गृह मन्त्रालयको तर्फबाट मन्त्री खाँड, सचिव टेक नारायण पाण्डे, प्रवक्ता फणिन्द्र मणि पोखरेल लगायतको उपस्थित थियो ।



प्रतिक्रिया दिनुहोस्