Logo

प्रीयंका गान्धीको चुनावी आश्वासनः छात्रालाई स्मार्टफोन, स्कुटर देखि निःशुल्क स्वास्थ्योपचारसम्म



एजेन्सी, ८ कात्तिक । कँग्रेस आईकी नेता प्रीयंका गान्धी उत्तर प्रदेशको विधानसभा चुनावको प्रचारमा जुटेकी छिन् । उनी चुनावी दौडमा छिन् ।

चनावी सभाहरुलाई सम्बोधन गर्ने क्रममा प्रीयंकाले फरक फरक आश्वासन दिइरहेकी छिन् । एउटा चुनावी सभामा उनले छात्राहरुलाई स्मार्टफोन निःशुल्क दिने आश्वासन दिइन् । अर्को सभामा डिग्री पढ्ने छात्रालाई स्कुटर निःशुल्क दिने बताइन् ।

आज लखनऊ पुगेर प्रीयंकाले निःशुल्क स्वास्थ्योपचारको आश्वासन दिइन् । हरेक नागरिकलाई १० लाख भारु सम्मको स्वास्थ्योपचार निःशुल्क दिने उनको प्रतिवद्धता थियो ।



प्रतिक्रिया दिनुहोस्