Logo

एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल र इरान बीचको खेल जारी



काठमाडौं, ८ कात्तिक । एएफसी यू–२३ एसियन कप छनोटमा नेपालले आज (सोमबार) इरानविरुद्ध खेल्दैछ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा भइरहेको खेल अहिले चलिरहेको छ । इरानविरुद्ध मैदानमा उत्रीएको नेपाल सुखद सुरुआत गर्ने योजनामा छ । तर, बलियो टोली इरानविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन ।

नेपाल आज गोलकिपर अर्पन कार्कीको कप्तानीमा उत्रीएको छ । नेपालले तीन फरवार्ड, तीन मिडफिल्डर र चारजना डिफेन्डरलाई मैदानमा उतारेका छन् । फरवार्डमा आयुष घलान, मनिस डाँगी तथा अभिषेक रिजाल रहेका छन् ।

त्यसैगरी, मिडफिल्डरमा रोशन पहारी, सेसेहाङ आङदेम्बे र एरिक विष्ट छन् भने डिफेन्डर सुरज ज्यू ठकुरी, सुमन अर्याल, गौतम श्रेष्ठ र अभिषेक लिम्बु रहेका छन् । यू–२३ एसियन कप छनोटमा नेपालले इरानसँग दोस्रो पटक खेल्न लागेको हो । समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै, दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्