Logo

गायक परियारलाई ‘लोक स्वरसम्राट’ को उपाधि, पत्रकार धमलाले दिए यस्तो शुभकामना



काठमाडौं, ८ कार्तिक । चर्चित लोक गायक राजु परियारलाई ‘लोक स्वरसम्राट’ बाट सम्मानित भएका छन् । आज (सोमबार) प्राइम टिभीमा एक कार्यक्रमको आयोजना गरेर गायक परियारलाई उक्त उपाधिबाट टिभीका अध्यक्ष तथा बरिष्ठ पत्रकार ऋषि धमलाले सम्मान गरेका हुन् ।

उक्त अवसरमा अध्यक्ष धमलाले गायक परियारको नेपाली लोक सांगितिक क्षेत्रमा ठूलो योगदान गरेको पनि स्मरण् गराए । गायक परियारले नेपाली लोक, संगितको संरक्षण र प्रवद्र्धनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै त्यसको लागि यो उपाधिबाट सम्मान गरिनु न्यायोचित भएको पनि बताए । पत्रकार धमलाले आफूले पत्रकारिता जीवनमा स्वरसम्राट नारायणगोपालको अन्तर्वार्ता लिन नपाएको सुनाए ।

उनले भने,‘मैले स्वरसम्राट नारायणगोपालको अन्तर्वार्ता लिन पाईनँ । नेपाली जनताले नारायणगोपाललाई आज जसरी सम्झिरहेका छौं, त्यो उहाँको गायकीको कारणले हो । स्वरको कारणले हो ।’ धमलाले गायक परियारलाई जनताको मन जित्नेगरि र नारायणगोपाललाई अहिले जसरी नेपालीले सम्झिरहेका छन् त्यसैगरि संगितमा लागिरहन र जनताको मन जित्नको लागि शुभकामना दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्