Logo

प्रधानन्यायाधीशले निकास दिनुपर्ने बारको निष्कर्ष



काठमाडौं, ८ कात्तिक । नेपाल बार एशोशिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतमा उत्पन्न परिस्थितिका कारण निकास दिनुपर्ने निष्कर्ष निकालेको छ । आज बारको बैठक बसी त्यस्तो निष्कर्ष निकालेको हो ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितको बैठकले जबराले सर्वोच्चको गरिमा बचाइराख्न निकास दिन भनेको हो ।

यसैगरी सर्वोच्च अदालत बार एशोशिएसनले पनि जबरालाई निकासको आग्रह गरेको छ ।

आज डाकिएको फूलकोर्ट बैठक बहुमत न्यायाधीशहरुले बहिष्कार गरेपछि जबरामाथि चुनौती थपिएको छ । उनको राजीनामाको माग भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्