Logo

यी हुन् मन्त्रिपरिषदका निर्णयहरु



काठमाडौं, ८ कात्तिक । मन्त्रिपरिषदको बैठकले बाढीपहिरोको क्षति मूल्यांकन गर्ने देखि नियुक्तिहरु गरेको छ । आज बसेको बैठकले बेमौमसी वर्षाले बाढीपहिरो र डुबानका कारण धानबालीमा पुगेको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको हो । कार्यदलले बुझाएको अध्ययन प्रतिवेदन र मूल्यांकनका आधारमा क्षतिपूर्ति दिने बुझिएको छ ।

सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गृह मन्त्रालयका सचिव संयोजक र कृषि, अर्थ, उद्योग, संघीय मामला र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहने गरी कार्यदल गठन गरेको जानकारी दिए ।

नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । निगमको अध्यक्ष पदबाट सुशिल घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।

नेपाल पुर्नविमा कम्पनीको सञ्चालक समितिको अध्यक्षमा डा. रवीन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन दररेटमा १५ प्रतिशत वृद्धि गर्ने निर्णय समेत गरेको छ । कोरोना प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्