Logo

नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त



काठमाडौं, ८ कार्तिक । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृतसँगै अधिकारीलाई कार्यकारी अध्यक्ष बनाउने मन्त्रिपरिषद्ले निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए।

त्यस्तै, बेमौसमी वर्षाका कारण धानबालीमा भएको क्षतिबारे अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन दिन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

बैठकले गृह मन्त्रालयका सचिव, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, वाणिज्य सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव रहेको कार्यदल गठन गरेको हो । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्