Logo

प्रधानन्यायाधीशलाई राजीनामा दिन दबाब



काठमाडौं, कार्तिक ९ । सर्वोच्च अदालतका न्यायाधीशहरुले सोमबार इजलास बहिष्कार गरेपछि प्रधानन्यायाधीशबाट राजीनामा दिन चोलेन्द्रशमशेर राणामाथि थप दबाब परेको छ ।

सोमबारका लागि १० वटा इजलास तोकिए पनि कुनै पनि इजलासमा मुद्दाको सुनवाइ हुन सकेन । १३ जना न्यायाधीशले आइतबार नै पूर्ण इजलास बहिष्कार गर्ने निर्णय गरेका हुन् । न्यायाधीश नहकुल सुवेदी भने उपचारका लागि भारत जाने भएकाले बिदा बसेको बुझिएको छ ।

प्रधानन्यायाधीश राणाको गतिविधिमाथि नैतिक प्रश्न उठाउँदै सर्वोच्च अदालतका १३ जना न्यायाधीशहरु बैठकमा व्यस्त भएपछि इजलास प्रभावित भएको हो । प्रधानन्यायाधीश राणाले बोलाएको पूर्ण इजलासलाई बेवास्ता गर्दै न्यायाधीशहरु अदालतभित्र देखिएका विचलन र प्रधानन्यायाधीशको भूमिकाबारे समीक्षा गर्न व्यस्त भएपछि पेशी तोकिए पनि इजलास बस्न सकेन ।

बैठकमा उठेको विषयमा न्यायाधीशहरुले मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीश जबरालाई भेटेर आफ्नो संयुक्त कुरा राख्ने निर्णय गरेको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्