Logo

आजको मौसमः कतै बर्षा कतै हिमपातको सम्भावना



काठमाडौं, कार्तिक ९ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कारण आज देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहने देखिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशको पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली र तराईका भु–भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, रातीसम्म देशको पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली र तराईका भु–भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्