Logo

आफू धामी भएको भन्दै टोकेर पत्नी र छोरीको हत्या



इलाम, कार्तिक ९ । ईलामको देउमाई नगरपालिकामा एक व्यक्तिले गएराति आफ्नै पत्नी र छोरीको टोकेर हत्या गरेका छन्।

देउमाई नगरपालिका–५ बारुङका ३३ वर्षे कमल भनिने पूर्णचन्द्र तामाङले पत्नी ३४ वर्षीया सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको हत्या गरेको प्रहरीले जनाएको छ।

आफू धामी भएको भन्दै चिन्ता बस्नेक्रममा पत्नी र छोरीको टोकेर हत्या गरिएको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए।

‘अन्धविश्वासका कारण कमलले श्रीमती र छोरीको हत्या गरेको देखिन्छ,’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ।’

घटनाबारे आज ९मंगलबार० बिहानमात्र थाहा भएको र कमललाई प्रहरीले नियन्त्रणमा लिएको एसपी श्रेष्ठले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot