Logo

विश्वकप क्रिकेटः अफगानिस्तानको शानदार सुरुवात



काठमाडौं, ९ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा अफगानिस्तानले विजयी सुरुआत गरेको छ । दुवईस्थित सारजाह क्रिकेट स्टेडियममा सोमबार भएको खेलमा अफगानिस्तानले स्कटल्याण्डलाई १ सय ३० रनले पराजित गर्दै विश्वकप क्रिकेटमा शानदार सुरुआत गरेको हो ।

अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याउने क्रममा १० ओभर २ बलमा ६० रन जोड्दा स्कटल्याण्ड अलआउट हुन पुग्यो । जसमा स्कटल्याण्डका जर्ज मुन्सेले २५ रन जोड्दा क्रिस ग्रेभिसले १२ रन बनाए ।
यस्तै, कप्तान केली कोट्जरले १० रनमात्र जोड्न सके । अन्य खेलाडीले दोहारो रन जोड्न सकेनन् ।

अफगानिस्तानका मुजिब उर रहमानले सर्वाधिक ५ विकेट लिए भने राशिद खानले ४ विकेट लिए । पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो । अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रनले सर्वाधिक ५९ रनको अर्धशतकीय इनिङ्स खेले भने रहमानउल्लाह गुर्बाजले ४६ रन जोडे । यस्तै, हज्रातउल्लाह जाजईले ४४ रन बनाए ।

मोहमद शाहजादले २२ रन जोड्दा कप्तान मोहमद नाबी ११ रनमा अविजित रहे । यस्तै, स्कटल्याण्डका साफ्यन शारिफले सर्वाधिक २ विकेट लिए भने जोस डेभि र मार्क वाटले समान १÷१ विकेट लिए । जितसँगै समूह २ को अफगानिस्तानले १ खेलमा २ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्