Logo

स्पेनिस ला लिगाः गेटाफेमाथि सेल्टा भिगोको जित



काठमाडौं, ९ कात्तिक । स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोले गेटाफेमाथि जित निकालेको छ । सोमबार राति भएको खेलमा सेल्टाले गेटाफेलाई ३–० गोल अन्तरले पराजित गरेको हो । सेल्टाको जितमा सान्टी मिनाले दुई गोल गरे । इयागो आसपसले एक गोल गरे ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सेल्टा भावि भएको थियो । खेलको ५५औं मिनेटमा सेल्टा भिगोका सान्टी मिनाले गोल गर्दै सेल्टालाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै, ५८औं मिनेटमा इयागो आसपसले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए ।

खेलको ६३औं मिनेटमा डेजनले रातो कार्ड पाएपछि गेटाफे १० खेलाडीमा समेटिएको थियो । त्यसको १० मिनेट पछि खेलको ७३औं मिनेटमा मिनाले व्यक्तिगत दोस्रो गोल गर्दै सेल्टालाई ३–० शानदार जित दिलाए ।
त्यस्तै, खेलको ८१औं मिनेटमा चेमाले रातो कार्ड पाएपछि गेटाफे ९ खेलाडीमा सिमित भएको थियो । यस जितसँगै सेल्टाले १० अंकका साथ १४औं स्थानमा रहेको छ भने २ अंक जोडेको गेटाफे तालिकाको पुछारमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्