Logo

एमालेले प्रधानन्यायाधीश जबरामाथि महाभियोग लगाउनेबारे सोचेको छैन, त्यो विकल्पमा हामी पुगेका छैनौं : तामाङ (भिडिओसहित)



काठमाडौं, ९ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का पार्टी कार्यालय सचिव तथा पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले आफूहरु अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउने पोजिसनमा नपुगेको स्पष्ट पारेका छन् ।

उनले भने,‘हामी अहिले महाभियोग लगाउनुपर्छ भन्ने पोजिसनमा पुगेका छैनौं । यो जुन पछिल्ला राजनीतिक घट्नाक्रममा न्यायालयको संलग्नताको कुरा हामीले जुन असहमतिहरु जाहेर गरेका थियौं । त्यो के के भएको थियो भन्ने कुरा सबै बाहिर आइरहेको छ । त्यसैले केही दिन हामी हेरिरहेका छौं । अहिले हामीले महाभियोगको बारेमा छलफल गरेका छैनौं । न्यायलयलाई निश्पक्ष बनाउनुपर्छ भनेर हाम्रो भरमग्दुर सहयोग गर्छु । समस्याको समाधान न्यायलयबाट नै होस् ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले न्यायालयको गरिमा बचाउन प्रधानन्यायाधीश र न्यायाधीशहरु सक्षम रहेको पनि सुनाए । अहिले प्रधाननन्यायाधीशलाई महाभियोग लगाउने विकल्पमा आफुहरु नपुगेको तामाङको भनाई छ।



प्रतिक्रिया दिनुहोस्