Logo

पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत



डडेल्धुरा, ८ कात्तिक: गएको साता परेको अविरल वर्षाका कारण घर माथिबाट गएको पहिरोमा परी ज्यान गुमााउनेका परिवारलाई राहत वितरण गरिएको छ ।

घरमाथिको भीरबाट खसेको ढुङ्गा लागेर मृत्यु भएकी आलिताल गाउँपालिका–८ कि ५० वर्षीया पर्वती खड्काका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । आज डडेल्धुरामा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घरमै पुगेर मृतक पार्वतीका श्रीमान् धनबहादुर खड्कालाई रु दुई लाख रकम हस्तान्तरण गरे । सङ्घीय सरकारको मापदण्डअनुसार जिल्ला विपद् व्यवस्थापन समिति डडेल्धुराले खड्का परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको र सोही अनुसार राहत रकम हस्तान्तरण गरिएको प्रजिअ जोशीले जानकारी दिए ।

गत बिहीबार दिउँसो घरनजिकै काम गरिरहेको बेला माथिबाट पहिरोसँगै खसेको ढुङगा लागेर पार्वती गम्भीर घाइते भएका थिए । गम्भीर घाइते खड्काको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको परिवारले जानकारी दिएका छन् । अन्य स्थानका बाढीपहिरो पीडितलाई पनि चाँडै राहात उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारीले बताए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्