Logo

‘प्रधानन्यायाधीशले निकास दिएर न्यायालयको साख जोगाउनुपर्छ’ : सर्वोच्च बारका सचिव घिमिरे



काठमाडौं, ९ कात्तिक । सर्वोच्च बारका सचिब ऋषि घिमिरेले न्यायापालिको नेतृत्वको कारणले विगत २३ दिनदेखि न्यायालय गम्भिर संकटमा परेको भन्दै प्रधानन्यायधिश चोलेन्द्र शमशेर जबराले निकास दिएर न्यायालयको साख जोगाउनुपर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कबाट आज बिहान प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् । हिजोको बैठकले न्यायपालीकाको नेतृत्व असफल भएकाले प्रधानन्यायधिश चोलेन्द्र शमशेर जबराले समुचित निकास दिएर मार्गप्रशस्त गर्नुपर्ने निश्कर्ष निकालेको उनले स्पष्ट पारे ।

‘हामीले किन आवाज उठाएका छौं भने जनताको आस्था नरहे न्यायपालिकाको सम्मान रहदैन्, त्यसैले न्यायालयको नेतृत्वले यसलाई गम्भिरतापूर्वक लिनुपर्छ, यो ठट्टाको कुरा होइन्’– उनले भने । साथै, उनले नेपालको न्यायपालिकामा यो ढंगको मोड बिरलै देखिने पनि उल्लेख गरे । उनले आफुहरुले प्रधानन्यायाधीश जबराले गरेका राम्रा कामको प्रशंसा गरेको बताउँदै गलत गर्दा बोल्नु पनि बारको कर्तब्य रहेको बताए ।

त्यस्तै, उनले प्रधानन्यायाधीश जबराले सर्वोच्च बारसँग गरिएका कतिपय सहमतिहरु कार्यान्वयन नगरेको समेत आरोप लगाए । बार पनि अहिले दुई भाग बिभाजित छ नि ? भन्ने प्रश्नमा उनले सर्वोच्च बारको बैठकले निकालेको निश्कर्ष नेपाल बारले स्विकार गरेको दाबी गरे ।

 



प्रतिक्रिया दिनुहोस्