Logo

नेशनल अवार्ड प्राप्त गरेपछि कंगनाले आमा बुवालाई यस्तो भनिन्…



एजेन्सी, ९ कात्तिक । भर्खरै मात्र भारतको दिल्लीमा आयोजना भएको ६७औं नेशनल फिल्म अर्वाडबाट बलिउड अभिनेत्री कंगना रनावत सम्मानित भएकी छिन् । कंगनालाई ‘मणिकर्णिका’ र ‘पंगा’ फिल्ममा राम्रो अभिनय गरेको कारण सम्मान गरिएको हो । कंगना चौथोपटक यो अवार्डबाट सम्मानित भएकी हुन् ।

कंगना रनावटले यसपटक टिपिकल भारतीय महिलाजस्तै भएर पुरस्कार ग्रहण गरेकी हुन् । उनले इन्स्टाग्राममा आफ्नो फोटो पनि शेयर गरेकी छिन् । तस्विरको साथै उनले आफ्ना मातापितालाई धन्यवाद दिँदै लेखेकी छिन्, ‘हामी सबै आमा बुवाको माया, हेरचाह र बलिदानको लागि योग्य बन्ने गहिरो इच्छासँग बढ्छौ । मेरो आमा बुवा भएकोमा धन्यवाद ।’



प्रतिक्रिया दिनुहोस्