Logo

एनसीबीमा अनन्या पांडे उपस्थित नहुनुको यस्तो छ कारण



एजेन्सी, ९ कात्तिक । लागुऔषध मुद्दामा बलिउड सुपरस्टार शाहरुख खानको छोरा आर्यन खान यतिबेला जेलमा छन् । उनै आर्यनसँग लागुऔषध सम्बन्धि च्याट गरेको अभियोगमा एनसीबीको टिमले अभिनेत्री अनन्या पांडेसँग २ पटक सोधपुछ गरीसकेको छ ।

लागुऔषध प्रकरणमा अनन्या पांडे २५ अक्टोबरमा तेस्रोपटक एनसीबीमा ११ बजे पेश हुने मिति तोकिएको थियो । तर, समाचार अनुसार अनन्याले आफ्नै व्यक्तिगत कारण देखाएर एनसीबीमा उपस्थित भइनन् ।

अनन्याले निजी कारण देखाएर अर्को दिनको लागि समय दिनसमेत अनुरोध गरेकी छिन् । एनसीबीले अनन्याको प्रस्तावलाई स्विकार पनि गरीसकेको छ । तर हालसम्म नयाँ मिति भने तोकेको छैन् ।

यो भन्दा पहिले अनन्यासँग एनसीबीले बिहीबार र शुक्रबार लामो सोधपुछ गरेको थियो । अनन्या समयमै नपुगेको भन्दै एनसीबीका अधिकारीहरु रिसाएका थिए ।

एनसीबीको टिमले आर्यन र अनन्या पांडेको लागुऔषध च्याट अदालतमा पेश गरेको थियो । सोही च्याटको कारण एनसीबी एक्शनमा आएको थियो । यो च्याट २०१८ देखि २०१९ को बीचको हो । च्याटमा अनन्याले आर्यनलाई गाँजा उपलब्धता गराउने कुरा गरेकी थिइन् ।

 



प्रतिक्रिया दिनुहोस्