Logo

के आज रिहाई होलान् त आर्यन खान



एजेन्सी, ९ कात्तिक । लागुऔषध मुद्दामा बलिउडका सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान हाल न्यायिक हिरासतमा छन् । आर्यनको मुद्दामा आज बम्बई उच्च अदालतमा सुनुवाई हुनेछ ।

२० अक्टोबरमा मुम्बइृको सेन्सस अदालतले आर्यनको धरौटी मुद्दा खारेज गरेको थियो । उनलाई ३० अक्टोबरसम्मलाई न्यायिक हिरासतमा पठाएको छ । तर, यसैबीच आर्यनको वकिलले बाम्बे उच्च अदालतमा धरौटी निवेदन दर्ता गराएका थिए, जसको आज सुनुवाई हुनेछ ।
आज आर्यन बाहिर निस्कन्छन् वा फेरी जेलमा रहने त्यसको टुंगो लाग्नेछ । आज आर्यन खानको जमानत निवेदनमा सेकेण्ड हाफपछि सुनुवाई हुने सम्भावना रहेको छ ।

अहिलेसम्म आर्यनको तर्फबाट सतीश मानसिन्दे र अमित देसाईले म्याजिस्ट्रेट कोर्ट र स्पेशल एनडीपीएस कोर्टमा जमानतको निवेदन दिएका थिए तर आज बम्बई उच्च अदालतमा पूर्व महान्यायाधिवक्ता मुकुल रोहतगीले आर्यन र शाहरुख खानका छोराको तर्फबाट जमानत पाउनका लागि बहस गर्ने भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्