Logo

बाइडेनको चेतावनीलाई नजरअन्दाज गर्दै रुसी ह्याकर्सद्वारा १४१ अमेरिकी आइटी कम्पनी निशानामा



एजेन्सी, ९ कात्तिक । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी ह्याकर्सलाई बारम्बार चेतावनी दिइरहेपनि रुसी ह्याकर्सले अमेरिकी आईटी कन्पनीहरुलाई निशासा बनाइ रहेको छ । उनीहरुले बाइेडनको चेतावनी नजरअन्दाज गरि करिब १४० अमेरिकी आईडी माथि निशाना बनाइरहेको समाचारमा खबर छ ।

आइतवार अमेरिकी साइबर एक्सपर्ट टिमले उक्त विषयको सुलासा गरेको हो । साइबर एक्सपर्टले सरकारी विभाग, कोर्पोरेटिभ नेटवर्क र माइक्रोसफ्ट कम्पनीलाई समेत रुसी ह्याकर्ससँग सचेत रहन आग्रह गरेका छन् । न्यू योर्क टाइम्सका अनुसार रुसी ह्याकर्सहरुले अमेरिकाको करिब १४० आइटी कम्पनीहरुलाई निशाना बनाएको छ । उक्त विषयमा अमेरिकी सरकारले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

एक महिना पहिले पनि उक्त घटना घटेको थियो । र, बाइडेन प्रशासनले रुसप्रति केहि प्रतिबन्धहरु लगाएको थियो । रुसी ह्याकर्सहरुले विगतमा डाटो चोरेको थियो, त्यस्तै सन् २०१६ मा भएको अमेरिकी चूनावमा समेत चलखेल गरेको थियो । त्यसैगरि तेल पाइपलाईनमा समेत हमला गरिएको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्