Logo

तरकारी बोकेको ट्रकलाई खुकुरी तेर्साएर लुटियो



सल्यान, ९ कात्तिक । सल्यानको कपुरकोट गाउँपालिका–१ मा एकजना व्यापारीलाई लुटपाट गरिएको छ । लुटेराहरुले कालापातल भन्ने जंगलमा खुकुरी तेर्साएर ट्रक रोकेर व्यापारी सेरेजा हलुवाईको ३ लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ ।

सोमबार रा.१ ख २३९१ नम्बरको ट्रकको कागजपत्रसहित मोवाईल लुटेको अभियोगमा रोल्पाका तिलक विकलाई प्रहरीले पक्राउ गरेर सोधपुछ गरिरहेको छ । उनीहरु तरकारी खरिद गर्न नेपालगञ्जबाट सो स्थानमा पुगेका थिए । तिलक लगायतको लुटेराको टिमले खुकुरी देखाएर व्यापारीको तरकारी बोकेको ट्रक रोकेका थिए ।

प्रहरीको अनुसार ट्रक तोडफोड गरेर सेरोजको साथमा भएको नगद र ट्रकको महत्वपुर्ण कागजपत्र समेत लुटेका थिए । लुटपाटमा संम्लग्न अन्यको खोजी भैरहेको प्रहरीको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस्