Logo

साउदी प्रिन्स सलमानमाथि पूर्व खुफिया अधिरकारीद्वारा गम्भीर आरोपः राजा अब्दूल्लाहको हत्या गर्न चाहन्थे



एजेन्सी, ९ कात्तिक । साउदी अरबका पूर्व खुफिया अधिकारी साद अल जाबरीले क्राउन प्रिन्स मोहम्मद बिन सलमानमाथि निकै ठूलो आरोप लगाएका छन् । उनले अमेरिकी न्यूज एजेन्सी सीबीएससँगको अन्तर्वार्तामा राजगद्दी हत्याउन चाहेको क्राउन प्रिन्सले तत्कालिन राजा अब्दूल्लाहको हत्या गर्न चाहेको बताएका हुन् ।

जाबरीले सीबीएसलाई दिएको अन्तरवार्तामा दाबी गर्दै सन् २०१४ मा सलमानले आफ्ना काकाका छोरासँग आफ्ना पिताका लागि राजगद्दीको मार्ग प्रशस्त गर्ने उद्देश्यले आफूले यस्तो गर्न चाहेको बताएका थिए । साउदी अरबमाथि राज गर्ने परिवारमा त्यतिबेला राजगद्दीका उत्तराधिकारीको विषयमा तनावको स्थिति थियो । अधिकारीले उनलाई एक साइकोप्याथ र हत्याराको संज्ञा दिँदै उनीसँग असिमित शक्ति भएको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘उनी आफ्नो देशका जनता, अमेरिकी र पूरा संसारकै लागि खतरा हुन् ।’ उनले राजालाई मार्न रुसबाट विष युक्त औँठी मागाएका थिए । उनले राजासित हात मिलाएर मार्न षयन्त्र बनाएको उनले अन्तर्वार्तामा बताएका थिए ।

जाबरीले सलमानमाथि आरोप लगाएको विषयलाई उदृत गर्दै सञ्चारमाध्यम दैनिक भास्करले लेखेको छ , ‘सन् २०१४ मा भएको छलफलमा युवराज सलमानले आफ्ना काकाका छोरा र त्यतिबेलाका गृहमन्त्री मोहम्मद बिन नाएफसँग उनले राजा अब्दुल्लाहको हत्या गराउन सक्ने बताएका थिए ।’ जाबरीले भने, ‘युवराजले म राजा अब्दुल्लाहको हत्या गर्न चाहन्छु बताए । मैले रुसबाट विषालु औंठी पाएको छु । मेरा लागि उनीसँग हात मिलाउनु नै काफी हुनेछ, त्यसको उनको काम तमाम हुनेछ ।’ उनका अनुसार यो घटनालाई शाही दरबारमा गोप्य तरिकाले साम्य पारियो ।

उनका अनुसार यो भेटको गोप्य तरिकाले भिडियो रेकर्ड गरिएको थियो । राजा अब्दुल्लाको मृत्यु सन् २०१५ मा भयो । त्यतिबेला उनी ९० वर्षका थिए । त्यसपछि उनका सौतेनी भाइ सलमान राजा बने । राजा सलमानले मोहम्मद बिन नाएफलाई युवराज घोषित गरेका थिए । तर सन् २०१७ मा मोहम्मद बिन नाएफको साटो मोहम्मद बिन सलमानलाई राजगद्दीको उत्तराधिकारी घोषित गरियो । राजकुमार नाएफलाई गृहमन्त्रीको पदबाट पनि हटाइयो । रिपोर्टका अनुसार सुरुमा उनलाई हाउस अरेस्ट गरियो र त्यसको अर्को वर्ष उनलाई हिरासतमा लिइयो । उनीमाथि के आरोप छ, त्यसबारे केही जानकारी छैन । जाबरीको विषयलाई लिएर साउदी सरकारले खण्डन समेत गरिसकेको छ । उनी विश्वास पात्र नभएको कारण उनको आरोप निराधार रहेको साउनी सरकारले स्पष्ट गरिसकेको छ ।-Photo-Agency



प्रतिक्रिया दिनुहोस्