Logo

टिकटकमा अब ५ मिनेट बढीको भिडियो अपलोड गर्न सकिने



काठमाडौं, ९ कात्तिक । पछिल्लो समय सामाजिक सञ्जाल मध्ये टिकटक निकै लोकप्रिय भएको छ । टिकटकमा प्रयोगकर्ताहरुले बढाएको रुचि अनुसार फिचरहरु पनि थपिदै गएका छन् ।

अहिलेसम्म ३ मिनेटसम्मको भिडियो अपलोड गर्न सकिने टिकटकमा अब ५ मिनेट बढीको भिडियो राख्न पाइने भएको छ । सुरुमा १५ सेकेन्ड मात्र भिडियो अपलोड गर्न मिल्नेमा अब भने टिकटकले ५ मिनेट बढीको भिडीयो राख्न सकिने बनाएको हो ।

टिकटकको अनुसार ५ मिनेटको भिडियोको साइज भने २ जिबीभन्दा कम हुनुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस्