Logo

एमाले सफल भए मात्रै देश सफल हुन्छ : ओली



काठमाडौं, ९ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सफल भएमात्रै देश सफल हुने टिप्क्ष्पणीगरेका छन् । पालिकास्तरीय अधिवेशनको भर्चुअल उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले भने,‘संविधान, लोकतन्त्रको रक्षा गर्ने एमालेबाहेक अर्को पार्टी नभएको बताएका छन्। एमाले सफल भए मात्रै देश सफल हुन्छ। समाजका सबै वर्ग सबैको समग्र हित, प्रत्याभुति गर्ने अर्को पार्टी छैन् । एमाले मात्रै हो । राष्ट्रिय हितको संरक्षण र प्रवद्र्धन, गौरव र स्वाभिमानको रक्षा गर्दै अघि बढ्ने त्यो उत्तरदायी हाम्रो पार्टीले लिएको छ ।’

उनले तत्कालै तीनवटै तहको चुनाव हुने पनि बताए । यसको लागि लागि तयार रहन उनले आफ्नो नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । उनले भने,‘ताजा जनादेश रोक्ने भनेको हत्केलाले सूर्यलाई छेकेजस्तै हो । फेरि त जानुपर्छ । अब हामी चुनावतर्फ जाँदैछौं । तीनै तहका चुनावका लागि तयार रहनुपर्छ ।’ उनले आफूहरुले एकै दिन देशव्यापी रुपमा सबै वडा अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot