Logo

‘डेल्टा भन्दा धेरै संक्रामक छैन्, एवाई–४ भेरियन्ट ’



एजेन्सी, ९ कात्तिक । कोरोना भाइरसको डेल्टा भेरियन्ट भन्दा सब–लिनियेज’ एवाई–४ भेरियन्ट धेरै संक्रामक नभएको दाबी गरिएको छ ।

कोशिकीय एवं आणविक जीव विज्ञान केन्द्रका पुर्व निर्देशक राकेश मिश्राले हालसम्म नयाँ भरियन्ट डेल्टा भन्दा धेरै संक्रामक भएको कतै प्रमाण नभेटिएको बताएका हुन् । उनले उक्त नयाँ भाइरसको कुनै प्रकार नभएको पनि जिकिर गरे ।

मिश्राले एवाई–४ को कारण संक्रमण बढेको र दोस्रो पटक संक्रमणको सिकार भएको कुनै प्रमाण हालसम्म नभएको बताए । मिश्रा हैदरावादस्थित सीसिएमबीको पुर्व निर्देशक हुन्, जुन कारोना भाइरस जीनोम अनुक्रमणिकाका लागि एक अग्रणी संस्था हो ।
भारतको मध्य प्रदेशको इन्दौर जिल्लामा ६ जना एवाई–४ संक्रमित भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्