Logo

टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल



काठमाडौं, ९ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज मंगलबार दुई खेलहरु हुँदैछन् । विश्वकप क्रिकेट अन्तरगत आज पहिलो खेलमा दक्षिण अफ्रिका र वेस्टइन्डिज प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा पाकिस्तान र न्युजिल्याण्ड भिड्दै छन् ।

दुबई अन्तराष्ट्रिय स्टेडियममा हुने दक्षिण अफ्रीका र वेस्ट इन्डिजबीचको खेल नेपाली समय अनुसार दिउँसो ४ बजे सुरु हुनेछ । अंक विहीन रहेका दुबै टोली आज पहिलो जितको खोजिमा रहेका छन् ।
पहिलो खेलमा दक्षिण अफ्रीका अष्ट्रेलियासँग पराजित भएको थियो भने वेस्ट इन्डिजले इंग्ल्यान्डसँग हार ब्यहोरेको थियो ।

साथै, पाकिस्तान र न्युजिल्याण्ड बिचको खेल सारजाह क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार ८ बजे सुरु हुनेछ । पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी भारतलाई हराएर उच्च मनोबल बनाएको पाकिस्तान लगातार दोस्रो जित निकाल्ने योजनामा छ । न्युजिल्याण्ड भने आज पहिलो खेल खेल्दैछ । त्यसैले, न्युजिल्याण्ड आज पाकिस्तानलाई हराउदै सुखद सुरुवात गर्न चाहान्छ । तर, पाकिस्तानलाई हराउन न्युजिल्याण्डलाई सजिलो भने छैन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्