Logo

जापानी राजकुमारीले राजघराना त्याग्दै गरिन् विवाह



एजेन्सी, ९ कात्तिक । जापानी राजकुमारी माकोले मंगलबार विवाह गरेकी छिन् । २५ वर्षीया माकोले आफ्नो प्रेमी केई कोमुरोसँग राजपरिवार त्यागेर विवाह गरेकी हुन् । समाचार एजेन्सीको अनुसार नव दम्पत्तिले आज नै विवाह गरेर बिवाह दर्ता समेत गराएका छन् ।

जापानी राजपरिवारको परम्परा अनुसार कुनै सदस्यले सर्वसाधारण मानिससँग विवाह गर्न पाउदैन, यदी गरेमा राजपरिवार नै त्याग गर्नुपर्छ ।
ल फर्ममा कार्यरत माको सम्राट अकिहीतोकी नातिनी हुन् ।

विवाहपछि उनीहरु अमेरिकामा बसोबास गर्ने बताइएको छ। उनीहरुको भेट पहिलोपटक २०१२ मा टोकियोस्थित इन्टरनेशनल युनिभर्सिटीमा भएको थियो । उनीहरुको २०१८ मा विवाहको मिति तोकिएपनि विभिन्न कारण रोकिएर अहिले भएको हो ।



प्रतिक्रिया दिनुहोस्