Logo

यी ह्याडसम पुरुषका लागि जापानी राजकुमारी मुकुट त्याग्न तयार भइन्



एजेन्सी, ९ कात्तिक । जब प्रेम साँचो हुन्छ जस्तोसुकै त्यागका लागि प्रेमी प्रेमिका तयार हुन्छन् । कुनैबेला एडवार्ड आठौंले प्रेमिकासँग विवाह गर्न बेलायतको राजगद्दी त्यागेका थिए । उक्त कदमप्रति उनले कहिले पश्चात्ताप गरेनन् बरु जीवन सुखमय बनेको बताएर गए ।

यस्तै त्याग जापानकी राजकुमारीले गरेकी छिन् । राजकुमारी माकोले सामान्य युवकसँग विवाह गरेकी छिन् । कलेजमा हुँदाकी प्रेमी की कोमुरोसँग विवाह गर्दा उनले शाही पद गुमाउने भएकी छिन् । राजकुमारीको मुकुट र पद नै गुमाउनुपर्ने जान्दा जान्दै माको पछि हटिनन् ।

राजकुमारी माकोले शाही सानका साथ विवाहको खर्च पाउँथिन् । उनले त्यो खर्च पनि नलिई सामान्य तरिकाले विवाह गरिन् ।

राजकुमारी माको र उनका प्रेमी कोमुरो अमेरिकामा सामान्य जीवन बिताउन जाने बुझिएको छ । अब उनले जापानको राजपरिवारको सदस्यका रुपमा पाउने खर्च पनि पाउने छैनन् । उनले परिवारलाई परेको पीडाप्रति क्षमा समेत मागेकी छिन् ।

जापानको कानुन अनुसार सामान्य पुरुषसँग शाही परिवारका महिलाले विवाह गरेमा पद नै गुमाउनुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस्