Logo

पारससँग भरतमणिको भेट, भन्छन्–‘उहाँ साथी जस्तै रमाइलो हुनुहुँदो रहेछ’



काठमाडौं, ९ कात्तिक । कमेडि च्याम्पियन सिजन २ का विजेता भरतमणि पौडेलले पूर्व युवराज पारस शाहसँग भेट गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत तस्विर सार्वजनिक गर्दै आफु र सुमन कोइरालाले दरबारमार्गस्थित शेर्पा मलमा पूर्व युवराज शाहसँग भेट गरेको उल्लेख गरेका हुन् ।

भरतले पुर्वयुवराज पारससँग एक घण्टाको बसाइमा रमाइलो भएको बताउँदै भेट्न पाउँदा एकदमै खुसी भएको बताएका छन् । साथै उनले लेखेका छन्, ‘उहाँको शुभचिन्तक थिए भेटघाटपछि झन् ठूलो प्रसंशक भए, साच्चैनै भन्ने हो भने उहाँ सारै रमाइलो साथी जस्तै हुनुहुँदो रहेछ’ ।

भरत कमेडी च्याम्पियन सिजन २ मा पूर्व युबराज पारसको क्यारिकेचर गरेपछि चर्चामा आएका थिए । उनले आफुलाई पूर्वयुवराजसँग भेट्न मन भएको समेत बताउँदै आएका थिए ।-Photo Source: Bharatmani paudel/Facebook



प्रतिक्रिया दिनुहोस्