Logo

आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाए



काठमाडौं, ९ कात्तिक । नेप्से परिसुचक आज ८७ अंकले बढ्दा कामना सेवा विकास बैंकको कारोबार सर्वाधिक भएको छ । त्यस्तै, आज केही कम्पनीको लगानीकर्ताहरुले पनि १० प्रतिशतका दरले कमाएका छन् । मंगलबार (आज) सबैभन्दा धेरै आज ७ कम्पनीको शेयरमुल्यमा उच्च बृद्धि भएको हो ।

नेप्सेको अनुसार आज माउन्टेन हाइड्रो नेपाल, चन्द्रागिरी हिल्स, राद्यी विद्युत कम्पनी, न्यादी ग्रुप पावर, खानीखोला कम्पनीलगायतका ७ कम्पनीका लगानीकर्ताले पनि १० प्रतिशतका दरले कमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्