Logo

हामीले चाहेअनुसार बेलायत र रुसको सम्बन्ध छैन् : बेलायती प्रधानमन्त्री जोनसन



एजेन्सी, ९ कात्तिक । रुस र बेलायतबीचको अहिलेको सम्बन्ध चाहेअनुसार नरहेको बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको फोनवार्ता यस्तो बताएका हुन् ।

उनलले पुटिनलाई फोनमार्फत भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘प्रधानमन्त्री जोनसनले रुससँगको सम्बन्ध चाहेअनुसार स्थापित हुन सकेको छैन् । द्विपक्षीय सम्बन्धमा पनि केहि चूनौती देखिएको छ । युक्रेनको सार्वभौमको विषयसमेतले हाम्रो सम्बन्धमा भिन्नता देखिएको छ ।’

सोहि क्रममा क्रेमलिनले दुवै पक्षले आफ्नो धारण राखेको बताएको छ । मस्को र लण्डनबीचको विग्रेको सम्बन्धबारे केहि बुँदामा छलफल भएको स्पष्ट गरेको छ ।यसअघि दुवै शाक्तिशाली देशहरुका नेताबीच सन् २०२० मे ८ मा वार्ता भएको थियो । त्यसबेला समेत दुवै देशबीचको सम्बन्धलाई लिएर छलफछल भएको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्