Logo

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटकको आगमन



९ कात्तिक : अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् ।राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले यहाँको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै मंगलबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । अक्टोबर १ देखि २४ सम्म एक लाख २ हजार ४३४ पर्यटकले माल्दिभ्स भ्रमण गरेका पर्यटन मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सन् २०२० जुनको सोही अवधिको तुलनामा हाल ५९९ प्रतिशतले बढेको छ । तर २०१९ को तुलनामा २ प्रतिशतले घटेको छ ।

माल्दिभ्सले यस वर्ष अहिलेसम्म कुल नौ लाख ७३ हजार २६९ पर्यटक आगमन रेकर्ड रहेको बताएको छ । माल्दिभ्सका लागि पर्यटक आगमनको सबैभन्दा ठूलो स्रोत भारत र रुस हो । यस आगमनको क्रमशः २३ प्रतिशत र १९ प्रतिशत रहेको थियो ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्