Logo

आज संक्रमित हुने र निको हुने दर बराबर



काठमाडौं, ९ कात्तिक । आज नेपालमा कोरोना भाइरसका ६ सय ६६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १० हजार २ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ६ सय २२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ८८ हजार ६ सय ३० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट५ सय ५९ र एन्टिजेन विधिबाट ९७ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्