Logo

आज थप ११ संक्रमितको मृत्यु



काठमाडौं, ९ कात्तिक । कोरोना संक्रमणबाट आज थप ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३ सय ७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज भाइरसका नयाँ ६ सय ६६ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ८ लाख १० हजार २ सय ९८ पुगेको छ ।

त्यस्तै, आज ६ सय २२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ८८ हजार ६ सय ३० जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्