Logo

देशभर १० हजार २ सय कोरोना संक्रमितको उपचार हुँदै



काठमाडौं, ९ कात्तिक । आज नेपालमा कोरोना भाइरसका ६ सय ६६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १० हजार २ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर १० हजार २ सय ९६ जना संक्रमितको उपचार भैरहेको छ । त्यस्तै, आज ६ सय २२ जना संक्रमणमुक्त भएसँगै हालसम्म ७ लाख ८८ हजार ६ सय ३० जना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणबाट आज थप ११ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३ सय ७२ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्