Logo

ब्राउनसुगरसहित एक पक्राउ



बाँके, ९ कात्तिक । अवैध लागूऔषध सहित पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट करिब १५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित काभ्रेपलाञ्चोक महादेवस्थान गाउँपालिका–३ बस्ने ३४ वर्षीय मान बहादुर रोकालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्