Logo

लागुऔषधसहित २ जना पक्राउ



सर्लाही, ९ कात्तिक । अवैध लागुऔषधसहित २ जना पक्राउ परेका छन् । ब्रहम्पुरी गाउँपालिका–४ त्रिभुवननगरबाट नियन्त्रित लागूऔषध ६ हजार ट्याब्लेट नाइट्राभेट, ५४ एम्पुल नुर्फिन, ६४ एम्पुल डाइजेल्याव र ६० एम्पुल फेनारगन सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा हरिवन नगरपालिका–५ बस्ने ३० वर्षीय गोबिन्द थापा र सोही ठाउँ बस्ने २६ वर्षीय संजय थापा रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको बा.९४ प ४२३५ नम्बरको स्कुटरलाई प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरको भाईजर, ईन्जिन र फुटरेस्टमा राखी ल्याउँदै गरेको उक्त लागूऔषध फेला पारी मोटरसाइकल चालक गोबिन्द र मोटरसाइकलमा सवार संजयलाई पक्राउ गरेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्