Logo

नबिल बैंकको दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडौं, ९ कात्तिक । नबिल बैंकले दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले उक्त कार्यक्रम सुर्खेतको बराहतालमा सम्पन्न गरेको हो ।

कार्यक्रमको क्रममा नबिल बैंकले बराहताल गाउँपालिकासगँ दिगो बैंकिङ अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचकोलागि समेत समझदारी गरेको छ ।

नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा र गाउँपालिको तर्फबाट अध्यक्ष तेज बहादुर बस्नेतले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त साझेदारी मार्फत गाउँपालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाँउपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम÷तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ ।

कार्यक्रममा बोल्दै नबिल बैंकको कर्णाली प्रदेश प्रमुख गोपी पाण्डेले यस सम्झौताले बराहताल गाउँपालिकामा रोजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए ।

यसैगरी, बराहताल गाउँपालिकाका अध्यक्ष तेज बहादुर बस्नेतले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियो बनाउने र देशकै श्रम भारत लगायत खाडी मुलुक पलायन हुनबाट रोक्ने आशा ब्यक्त गरे । साथै उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरि बैंकसम्म पु–याइ गाउँपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

उक्त कार्यक्रममा स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकाबासीहरुकै समेत उल्लेख्य संख्यामा उपस्थिति रहेको थियोे । सरकारको यो निर्णयसँगै सशस्त्र र नेपाल प्रहरीले अहिले पाइरहेको रासन खर्चमा १५ प्रतिशत बढी पाउनेछन्।



प्रतिक्रिया दिनुहोस्