Logo

‘थन्किएर बसेका नेपाल वायुसेवा निगमका जहाजहरु सञ्चालन गर्छु’ : पर्यटनमन्त्री आले



काठमाडौं, ९ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले थन्किएर बसेका नेपाल वायुसेवा निगमका जहाजहरु सञ्चालन गर्ने बताएका छन् । उनले पर्यटन प्रवर्द्धन हुनेगरि उडान भर्ने पनि बताएका छन् । उनले विगतभमा निगमको जहाजको ग्राउन्ड ल्यान्डिङ समेत आफ्नो व्यक्तिगत स्वार्थका लागि निजी कम्पनीलाई दिएको टिप्पणी गरे । तर, आफूले त्यसो नगर्ने उनको प्रतिबद्धता छ ।

आज (मंगलबार) नेपाल पर्यटन बोर्डले स्वागतकोलागि आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘नेपाल वायु सेवा निगमको थन्किएर बसेको दुई वटा जहाजलाई तत्काल सञ्चालनमा ल्याएर नेपालमा पर्यटन भित्र्याउने काममा म लागिपरेको छु ।’ कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफूले सकारात्मक भूमिका खेल्ने पनि बताए।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्