Logo

चीनले भारतसँगको सीमाक्षेत्रमा पठायो गजबको सैन्य गाडी



एजेन्सी, ९ कात्तिक । चीनले भारतसँगको सीमा क्षेत्रमा तनाव बढ्ने देखेपछि सैन्य उपस्थिति मजबुत बनाएको छ । ठण्डी मौसममा तिब्बतीको प्लेटुमा पनि सैनिक उपस्थिति बनाइराख्ने भएको छ ।

हिउँ पर्ने इलाकामा गजबको सैन्य सवारी साधन पठाइएको छ । यो गाडी जस्तोसुकै भूगोलमा पनि चल्न सक्छ । यसले सेनाका लागि आवश्यक सामाग्री ओसार्ने जनाइएको छ । गाडी निकै उचाईमा रहेको हिमाली क्षेत्रमा पनि चल्न सक्छ ।

नदी किनार, मरभूमि, खराब मौसममा पनि चल्न सक्छ । ग्लोबल टाइम्सले भारतसँग कुनैपनि बेला हुनसक्ने द्वन्द्वलाई मध्यनजर राखी गाडी निर्माण गरी पठाइएको उल्लेख गरेको छ ।-Photo Source: Global Times



प्रतिक्रिया दिनुहोस्