Logo

प्रकाशमान सिंहको मधेशमा शक्ति प्रदर्शन



काठमाडौं, ९ कात्तिक । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह यो हप्ता मधेश झरे । उनी २ नम्बर प्रदेशको राजधानी जनकपुर र आसपासको क्षेत्रमा पुगे । त्यहाँ उनको भव्य स्वागत भयो ।

धनुषा र महोत्तरीमा आयोजित कार्यक्रममा सिंह सरिक भए । काठमाडौं उपत्यकामा बलियो पकड बनाएका सिंहको मधेशमा पनि पकड बलियो भएको देखिएको छ । उनको स्वागतमा आयोजित कार्यक्रममा ठूलो संख्यामा काँग्रेस नेता तथा कार्यकर्ता सहभागी भए ।

सिंहले मधेश पुगेर आफू सभापतिको उम्मेदवार भएको बताए । काँग्रेसको राजनीतिमा २ नम्बर प्रदेश निकै महत्वपूर्ण मानिन्छ । उक्त क्षेत्र काँग्रेसको प्रभाव क्षेत्र हो ।

मधेशवादी दलको सक्रियताले उक्त क्षेत्रमा काँग्रेसको प्रभाव कमजोर भएको छ । त्यसलाई सुधार्न सिंहले कार्यकर्ताहरुसँग राय सल्लाहसमेत गरेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्