Logo

महाभियोगको चर्चा नै भएको छैनः प्रचण्ड



भरतपुर, ९ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोगको चर्चा नै नभएको स्पष्ट पारेका छन् । मङ्गलबार भरतपुर विमानस्थलमा पत्रकारको प्रश्नमा उनले महाभियोगबारे सत्ता गठबन्धनभित्र कुनै चर्चा नभएको बताएका हुन् ।

‘महाभियोगबारे कुनै चर्चा नै भएको छैन,’ प्रचण्डले भने । उनले सत्ता गठबन्धनका नेताहरु बसेर प्रधानन्यायाधीसम्बन्धी विषयमा टुंगो लगाउने बताए । हिजो पनि गठबन्धनका दलबीच बैठक बसेको र छलफल भएको बताए ।

प्रचण्डले एक वा दुई दिनभित्र प्रधानन्यायाधीशबारेको विषयमा टुंगोमा पुग्ने बताए । प्रचण्ड परिवारसहित चितवन पुगेका हुन् । उनी १२ कात्तिकसम्म बस्ने गरी पुगेका हुन् ।
पछिल्लो समय प्रधानन्यायाधीश जबराको राजीनामा प्रचण्डनिकट कानुन व्यवसायीले नै मागिरहँदा पछिल्लो भनाई आएको हो । उनको भनाईलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्