Logo

भीम रावलको टिप्पणी : राजनीति र अदालतको अबाञ्छित साँठगाँठ अन्त्य हुनैपर्छ



काठमाडौं, ९ कार्तिक । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराको क्रियाकलापबारे सर्वत्र गम्भीर प्रश्न उठिसकेकोले नैतिकताको बोध गर्नु र संसद्ले अधिकारयुक्त समिति गठन गरी यथार्थको छानबिन गर्नुपर्ने बताएका छन् । पछिल्लो समय प्रधानन्यायाधीश जबराको राजीनामा मागिएको अवस्थामा डा. रावलको यस्तो टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्-“न्याय, मर्यादा र संविधानको रक्षा गर्नुपर्ने सर्वोच्च अदालतका प्र.न्या.को क्रियाकलापबारे सर्वत्र गम्भीर प्रश्न उठिसकेपछि उहाँले नैतिकताको बोध गर्नु र संसदले अधिकारयुक्त समिति गठन गरी यथार्थको छानबिन गर्नुपर्छ।लोकतन्त्रको रक्षार्थ राजनीति र अदालतको अबाञ्छित साठगाँठ अन्त्य हुनैपर्छ।”



प्रतिक्रिया दिनुहोस्