Logo

प्रधानन्यायाधीश जबराले पदत्याग गर्नुपर्छ : नेपाल बार एशोसिएसन (विज्ञप्तीसहित)



काठमाडौं, ९ कार्तिक । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ । आज साँझ एक विज्ञप्ती जारी गर्दै बारले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको हो ।

बारले प्रधानन्यायाधीश जबरा निरन्तर रुपमा एकपछि अर्को विवादमा तानिएको र त्यस्तो विवादले समग्र न्यायपालिकाको प्रतिष्ठा र गरिमामा गम्भीर आँच आई स्वतन्त्र न्यायपालिकाप्रति नै गम्भीर प्रश्न उठेकोले अब उपरान्त जबराबाट संवैधानिक दायित्व पूरा हुन नसक्ने ठहर गरेको छ ।

बारले तत्काल पदत्याग गर्न सुझाव दिएको छ । प्रधानन्यायाधीश जबराले राजीनामा नदिएमा देशव्यापी रुपमा आन्दोलन गर्न बाध्य हुने पनि बारले चेतावनी दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्